खेल

च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकाले श्रीलंकालाई हरायो, आज भारत–पाक भिड्ने

च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकाले श्रीलंकालाई हरायो, आज भारत–पाक भिड्ने

जेठ २१ । आइसीसी च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकाले श्रीलंकालाई पराजित गरेको छ ।

लण्डनको ओभल खेल मैदानमा शनिबार भएको खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ९६ रनले पारजित गरेको हो । टस हारेर पहिले व्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउंदै २ सय ९९ रन बनायो ।

दक्षिण अफ्रिकाका खेलाडी हासिम आमलाले सतकिय पारी खेले उनले २ सय २ बलको सामना गर्दै १ सय ३ रन बनाए । त्यस्तै फाफ डुप्लेसीले ७५ रनको योगदान गरे । श्रीलंकाका नुआन प्रदिपको नाममा २ विकेछ रहयो । जवाफि व्याटिङ गरेको श्रीलंकाले ४१ दशमलब ३ ओभरमा सबै विकेट गुमाउंदै २ सय ३ रनमात्र जोड्न सक्यो । श्रीलंकाका लागि उपुल थरंगाको ५७ रन नै सर्वाधिक रहयो ।

खेलको म्यान अफ द म्याच दक्षिण अफ्रिकाका खेलाडी इमरान ताहिरले ४ विकेट लिए । त्यस्तै क्रिस मोरिसले २ विकेट लिए । प्रतियोगिता अन्तर्गत आज भारत र पाकिस्तान बीच खेल हुने छ ।

विशेष