खेल

फूटबल मैदानमा भागदौंड पन्ध्रसय घाइते

फूटबल मैदानमा भागदौंड पन्ध्रसय घाइते


जेठ । इटालीमा फूटबल मैदानमा भएको भागदौंडमा १५ सय मानिस घाइते भएका छन् ।

उत्तरी इटालीको पिएमोन्टे राज्यको राजधानीमा फुटबल हेरिरहेका प्रशंशक विच मागदौंड मच्चिदा १ हजार पाँच घाइते भएको इटालियन प्रहरीले जनाएको अन्तर्राट्रिय समाचारसंस्था बिबिसीले जनाएको छ ।

घाइतेमध्ये तीनको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते भएकामध्ये एक सात वर्षीय बालक र दुई जना महिला रहेका छन् ।

शनिबार इटालीको युभेन्टस र स्पेनको रियल म्याड्रिडबीच आयरल्यान्डको वेल्समा भएको ‘च्याम्पियन्स लिग’ को अन्तिम (फाइनल) खेल हेर्न ठूलो सङ्ख्यामा युभेन्टसका प्रशंसक इटालीको सान कार्लो स्क्वाएरमा जम्मा भएका बेला एक्कासीे विस्फोटको जस्तो आवाज सुनिएपछि भागदौड मच्चिएको थियो ।

भागदौड के कारण भएको थियो भन्ने बारेमा केहि बताइएको छैन् । रङ्गशालाबाट एक्कासी दर्शक हतारिएर भाग्न थालेपछि वरपर बसेका अन्य दर्शकहरुले आतङ्ककारी आक्रमण भएको हुनसक्ने डरका कारण भागेका र भाग्ने क्रममा एकले अर्कोलाई धकेलेर भएको घटनामा ठूलो सङ्ख्यामा फुटबल प्रशंसक घाइते भएका हुन् ।

विशेष