समाज भिडियो

५ अर्बको लागतमा यस्तो बन्दैछ ‘नमुना नेपाल’ धुर्मस सुन्तली सहयोग खोज्दै (भिडियोसहित)

सागर बुढाथोकी

५ अर्बको लागतमा यस्तो बन्दैछ ‘नमुना नेपाल’ धुर्मस सुन्तली सहयोग खोज्दै (भिडियोसहित)

जेठ २२ – धुर्मुस सुन्तली फाउन्डेसनले नयाँ ‘नमुना नेपाल’ बनाउने घोषणा गरेको छ । काठमाडौंमा एक कार्यक्रम गर्दै धुर्मुस– सुन्तली फाउन्डेसनले ५ अर्ब लागतमा नमुना नेपाल बनाउने घोषणा गरेको हो । कार्यक्रममा ‘नमुना नेपालको’ परिकल्पना गरेर बनाईको भिडियो समेत सार्वजानिक गरेको थियो ।

उक्त भिडियोमा एउटै बस्तीमा हिमाल पहाड तराईको समावेशी वस्तीहरु देखाइएको थियो । स्वयम्भु, पशुपती, लुम्बीनी बौद्ध स्तुपा र धरहरा समेत एउटै बस्तीमा बनाइने धुर्मस–सुन्तली फाउन्डेसनले उल्लेख गरेको छ । बहुलजाती,बहुलभाषी र बहुल संस्कृती भएको समावेशी बस्ती बन्ने धुर्मुस– सुन्तली फाउन्डेसनले जनाएको छ ।

धुर्मस सुन्तली फाउन्डेसनका अनुसार उक्त बस्तीमा रेल बन्नेछ । नमुना स्कुल बन्नेछ । संग्रहालय, पुस्तकालय, नमुना अस्पताल र देशको विभिन्न ठाउमा भएका पर्यटकिय महत्व बोकेको सम्पदा बन्नेछ । देशका सम्पुर्ण प्राकृृतिक सम्पदा एकै ठाउँमा बन्नेछ ।

 

‘यो नमुना देशमा आएर विश्वका सबै पर्यटकहरु एकै ठाउमा बसेर अध्यन गर्न सक्छन् । नेपालको बारेमा अनुसन्धान गर्न सक्छन् । यहाँ हेरेर देशका सबै भागमा घुम्न जान्छन् ।’ धुर्मस–सुन्त्ली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल भन्छन्, ‘यो नेपाल अध्यन केन्द्र हुनेछ । नमुना देश हुनेछ । एउटा विश्वकै नमुना हुनेछ । किनकि, यहाँ नेपालको सबै क्षत्रलाई प्रतिनिधित्व हुनेछ ।’

नमुना देश बनाउन सरकारले जग्गा प्रदान गरेपछि सुरु गर्ने कट्टेल बताउछन् । उनी भन्छन्, ‘ सरकारले जग्गा प्रदान गरेपछि शिलान्यास हुन्छ । शिलान्यास भएकै मितीमा कहिले बनिसक्छ त्यो घोषणा गर्छौ । त्यसका लागि हामी सबै नेपालीको सहयोग र सहकार्यले सम्भव छ ।’

नमुना नेपालको लागि ५ सय रोपनी जग्गा आवश्यक रहेको कट्टेल बताउछन् । फाउन्डेसनको नाममा रहेको २ करोड १३ लाख रुपैया मौज्दादात रकमले काम सुरु गर्ने फाउन्डेसनको उदेश्य छ । आजकै कार्यक्रममा नमुना नेपालको लागि अल्का अस्पतालले २५ लाख र मुक्तिनाथ बैंकले १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

भूकम्पपीडित र मुसहर बस्तीमा नमुना बस्ती निर्माण गरिसकेका उनीहरुले चौथो योजनाका रुपमा नमुना नेपालको खाका बाहिर ल्याएका हुन् । शुरुमा गोरखामा बस्ती निमार्ण गरेका उनीहरुले दोस्रोमा गिरानचौर र तेस्रो मुशहर बस्ती निर्माण गरेका थिए ।

नमुना नेपाल घोषणा कार्यक्रममा पूर्व सेनापति रुक्मागंत कटुवाल,भूमिसुधार मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, हास्य कलाकार मदनकृष्ण श्रेष्ठ लगायत कलाकारहरुको उपस्थिती थियो । कार्यक्रममा बोल्दै उनीहरुले धुर्मस –सुन्तलीको कामको प्रंशसा गरेका थिए ।

 

विशेष