प्रवास

युएईमा नेपाली युवतीको हत्या

युएईमा नेपाली युवतीको हत्या

जेठ २२ । संयुक्त अरब इमिरेट्स यूएईको दुबईमा भोताङ– ८ सिन्धुपाल्चोककी २५ वर्षीया लप्साङ तामाङको मे २० मा हत्या भएको नेपाली दूतावासले जनाएको छ ।

अबुधाबीस्थित नेपाली दूतावासका प्रवक्ता कृष्ण अर्यालका अनुसार तामाङको हत्यामा संलग्न आशंकामा भोताङ– ८ कै बुले तामाङलाई पक्राउ गरिएको छ । ‘घटनाको छानबिन भइरहेकाले प्रहरीले पूर्ण विवरण उपलब्ध गराएको छैन,’ अर्यालले भने ।

हत्या गरेको लप्साङको शव ‘इमिरेट्स हिल’मा फेला परेको दूतावासले जनाएको छ । घरेलु कामदारको रूपमा कार्यरत बुले तामाङ लप्साङकै गाउँले हुन् । लप्साङ चार वर्षदेखि दुबईमा कार्यरत थिइन् ।

पछिल्लो समय गत फेब्रुअरी १४ तारिख उनी के पप चिकेन कम्पनीमा सेल्स गर्लका रुपमा काम गर्न गएकी थिइन् । उनी त्यस कम्पनीका सञ्चालक कोरियन नागरिक लुको घरमा कार्यरत थिइन् ।

सीसीटिभीमा बुले तामाङसँगै घरभित्र गएको देखिएको प्रहरीलाई उद्धृत गर्दै स्थानीय संचारमाध्यमले जनाएको छ ।

कान्तिपुर

विशेष