खेल

प्रधानमन्त्री कप क्रिकेटको पहिलो सेमिफाइनमा दुई विभागिय टोली शसस्त्र र नेपाल प्रहरी भिड्दै

प्रधानमन्त्री कप क्रिकेटको पहिलो सेमिफाइनमा दुई विभागिय टोली शसस्त्र र नेपाल प्रहरी भिड्दै


जेठ २२ । प्रधानमन्त्री कप क्रिकेटको पहिलो सेमिफाइनलमा अहिले दुई विभागिय टोली नेपाल प्रहरी र शसस्त्र प्रहरी बीच प्रतिस्पर्धा भइरहेको छ ।
किर्तिपुर खेल मैदानमा जारी खेलमा टस जितेर अहिले शसस्त्र प्रहरीले फिल्डीङ गरिरहेको छ । अहिले सम्मको खेलमा नेपाल प्रहरीले कुनै पनि विकेट नगुमाई आठ ओभरमा ३० रन बनाएको छ । आजको विजेताले भोली हुने त्रिभुवन आर्मी र पश्चिमाञ्चलको विजेतासंग फाइनल खेल खेल्ने छ । प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख नगद प्राप्त गर्ने छन् ।

विशेष