प्रवास

के होला कतारमा रहेका नेपाली कामदारको, अन्योलमा छन् चार लाख कामदार

के होला कतारमा रहेका नेपाली कामदारको, अन्योलमा छन् चार लाख कामदार


जेठ २३ । सात राष्ट्रले कतारसंगको कुटनैतिक सम्बन्ध तोडेपछि त्यहाँ रहेका नेपाली श्रमिकबारे अन्यौल बढेको छ ।

विकसित पछिल्लो घटनाक्रमसंगै हजारौं नेपाली दुतावासको सम्पर्कमा पुगिरहेको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले बताए । झण्डै ४ लाख नेपाली रोजगारीका लागि कतारमा रहेकाले छिमेकी मुलुकको पछिल्लो गतिविधि पछि उनीहरुमा अन्यौलता देखिएको छ ।

कतारमा रहेका नेपालीको अबस्थाप्रति सरकार सजग रहेको सचिव वैरागीको भनाई छ । पछिल्लो पटक समाचारमा आएजस्तो ७ वटा मुलुकको रवैया कायम रहे नेपाली कामदार समस्यामा पर्न सक्ने उनले बताए ।

स्लामिक स्टेट आई एस सहितका लडाकु समुहलाई सहयोग गरेको र क्षेत्रिय तथा आपसी मतभेद बढाउने काम गरेको भन्दै कतारसंग ७ मुलुकले हिजो कुटनीतिक सम्बन्ध बिच्छेद गरेका थिए । कतारमा रहेर साउदी अरेबिया, कुबेत, युएई, बहराईन लगायतका मुलुक आवतजावत गर्ने हजारौ नेपाली कामदार सम्बन्धित देशको सिमामा रोकिएका छन् ।

विशेष