मनोरञ्जन

एंकरसँग रिसले चुर भएर शाहरुखले मुक्का मारेपछि (भिडियो सहित)

एंकरसँग रिसले चुर भएर शाहरुखले मुक्का मारेपछि (भिडियो सहित)


जेठ २३ । हालै दुबईमा भएको एक शोमा बलिउड अभिनेता शाहरुख खान शोका एंकरसँग नै भड्किए । रिसमा चुर भएका शाहरुखले उक्त एंकरलाई नराम्रोसँग झपारे पनि ।

भारतीय सञ्चारमाध्यमले जनाएअनुसार, उक्त घटना दुबईमा रमीज अन्डरग्राउण्ड नामको एक शोमा शाहरुख एंकरसँग रिसाएका थिए । शाहरुख उक्त शोकी होस्टसँग दलदलमा फसे । उक्त दलदलबाट निक्लने प्रयास गर्दै गर्दा शाहरुख र उक्त होस्टको अगाडि एउटा ठूलो छेपारो आइरहेको थियो ।

छेपारोलाई धपाउनमा हैरान भएका शाहरुख पछि उक्त छेपारोभित्र शोका अर्का होस्ट रमीज छिरेका छन् भन्ने थाहा पाएपछि उनी झनै रिसाए ।
त्यही रिसको झोकमा शाहरुखले शोका हास्टलाई पछि दलदलबाट उम्किएपछि झण्डै मुक्का मारेका थिए ।

विशेष