ताजा खबर मुख्य समाचार

सर्वोच्चबाट बिदा भइन सुशिला कार्की

सर्वोच्चबाट बिदा भइन सुशिला कार्की


जेठ २३ । प्रधानन्यायाधीश सुशीला कार्की आफ्नो कार्यकाल सकिनु एक दिनअघि मंगलबार सर्वोच्च अदालतबाट बिदा भएकी छन् । आज बिहान सवा एघार बजे उनले आफ्ना सहकर्मीहरूसँग बिदा लिएर सर्वोच्च परिसरबाट बाहिरिएकी हुन् ।

सर्वोच्च अदालतको बहुचर्चित प्रधानन्यायाधीशका रूपमा काम गरेकी कार्कीले बिदा हुने बेला सहकर्मीहरू पुष्पगुच्छा, खादा र कुनै प्रकारको उपहार नलिएको सर्वोच्च स्रोतले जानकारी दिएको छ । उनको कार्यकाल भोली सकिँदै थियो ।

नयाँ प्रधानन्यायाधीशको चयनमा ढिलाइ भएकाले हाललाई कार्कीको अनुपस्थितिमा वरिष्ठतम न्यायाधीश गोपाल पराजुली स्वतः कामु प्रधानन्यायाधीश बन्नेछन् ।

विशेष