मनोरञ्जन

सलमानको फिल्मको सुटिङ जहाँ श्वास लिन पनि गाह्रो थियो

सलमानको फिल्मको सुटिङ जहाँ श्वास लिन पनि गाह्रो थियो

जेठ २३ । निर्देशक कबीर खान निर्देशित सलमान खान स्टार फिल्म ‘ट्युबलाइट’ आउँदो इदमा रिलिज हुन गइरहेको छ । हालैमात्र सार्वजनिक भएको उक्त फिल्मको ट्रेलरले पनि सामाजिक सञ्जालमा सार्वधिक चर्चा बटुलीरहेको छ । फिल्मको अधिकांश सुटिङ मनालीर लडखमा गरिएको छ । यी दुबै ठाउँमा सुटिङ निकै सास्ती परेको थियो ।

जुन ठाउँमा सुटिङ भइरहेको थियो उक्त ठाउँमा अक्सीजनको कमी भएकाले फिल्मका क्रु मेम्बर्सलाई श्वास लिन पनि मुश्किल परेको थियो ।  फिल्म ‘टुयुबलाइट’ को सुटिङ पहाडको धेरै माथि उचाइमा गरिएको थियो । सुटिङ उच्च स्थानमा भएकै कारण अक्सिजनको कमी भएको थियो । फिल्मका कयौँ क्रु मेम्बर त अक्सिजनको कमीका कारण बिमारी पनि परेका थिए । सुटिङको समयमा सबैलाई अक्सिजन मास्क लगाउनु परेको थियो ।

यी सबै चुनौतीका बाबजुद पनि सबैले फिल्मको लागि आफ्नो शत प्रतिशत मेहनत दिएर काम गरेको बताइएको छ । फिल्म सलमान खान, सोहिल खान र चाइनीज अधिभनेत्री जुजु लिड रोलमा रहेका छन् ।

विशेष