प्रवास मुख्य समाचार

कतारसँग ७ देशले गरे सम्बन्ध विच्छेद, त्यहाँ रहेका ८ लाख नेपालीको के होला ?

सागर बुढाथोकी

कतारसँग ७ देशले गरे सम्बन्ध विच्छेद, त्यहाँ रहेका ८ लाख नेपालीको के होला ?


जेठ २३ कतारसँग सोमबार साउदी अरव, इजिष्ट, बहराइन, युएइ, लिविया माल्दिभ्स,र यमनले कुटनीतिक सम्बन्ध अन्त्यको औपचारिक घोषणा गरेसँगै त्यसको चर्चा नेपालमा भएको छ ।

७ देशले कुटनीतिक सम्बन्ध अन्त्यको घोषणा गरेपछि १४ दिनभित्र कतार छाड्न सम्बन्धित देशले आफ्ना नागरिकसँग आग्रह गरिसकेको छ । नेपाल सरकारले अझैसम्म आफ्नो आधिकारिक धारणा सार्वजानिक गरेको छैन् ।

नेपालको प्रमुख श्रम गन्तब्यहरुको मुख्य देश कतारमा करिब ८ लाख नेपालीहरु बसोबास गर्छन् । कतारसँग कुटनीतिक सम्बन्ध घोषणा गरेपछि त्यँहा रहेका नेपाली कामदारहरुलाई असर पर्ला कि नपर्ला सबैको चासो बनेको छ ।

विज्ञहरुको अनुसार त्यहाँ बस्दै आएका नेपालीहरुलाई स्वतह प्रभाव पर्छ । कामदारहरुमाथि प्रभाव परेपनि तत्काल आत्तिहाल्नु नपर्ने रहेको अध्यागमन विभागका निर्देशक गंगाराम गेलाल बताउछन् । उनी भन्छन्, ‘त्यहाँ नेपालीहरु धेरै छन्, छिमेकी देशहरुले सम्बन्धविच्छेद गरेपचि त्यहाँको नागरिकलाई जस्तै नेपालीहरुलाई पनि असर त पछै नै ।’

कतारमा रहेका नेपालीमध्ये धेरैजसो ड्राइभर छन् । अधिकांश ड्राइभरहरुले ठूला लहरी चलाउँछन् । उनीहरुको काम भनेको कतारबाट साउदी सामान ओसारपसार गर्नु हो । त्यसैले ती ड्राइभरहरुले काम नपाउन सक्ने विज्ञहरु बताउछन् ।

नेपालबाट कतारको कुनै पनि उडान नरोकिएको एयरपोर्ट स्थित अन्र्तराष्ट्रिय टर्मिनलका कर्मचारी सुदन तण्डुकार बताउछन् । उनको अनुसार कतार जाने विमान नरोकिएपनि कतार ट्रान्जिट बनाएर अन्य देश जाने विमान भने रोकिएको छ । कतारसंग कुटनीतिक सम्बन्ध घोषणा भएसंगै कतार ट्रान्जिट भएर साउदी,मलेसिया बहराईन् युएई जाने विमान रोकिएको छ ।

कतारको लागि खाद्यान्न साउदीबाट आउछ । केहीदिनपछि कतारमा खाद्यान्नको अभाव हुने भएकाले महंगी बड्छ । नेपालीहरुको तलवले महंगी धान्न नसक्ने भएकाले कामदारहरुलाई असर पर्ने तण्डुकार बताउछन् ।

कतारमा यस्तै स्थिीती अझै लामो समय भइरहने हो भने नेपाली कामदार स्वदेश फकर्नुको विकल्प नभएको अध्यागमन विभागका निर्देशक गेलाल बताउछन् ।

 

qatar nepali workers qatar breakup

विशेष