मनोरञ्जन

फ्याटबाट फिट करिना, घटाइन् १६ किलो तौल

फ्याटबाट फिट करिना, घटाइन् १६ किलो तौल


जेठ २३ । बलिउड अभिनेत्री करिना कपूर खानले छोरा ताइमुर अली खानलाई जन्म दिएसँगै आफ्नो तौल पनि घटाएकी छिन् । उनले डिसेम्बरमा गर्भवती भएको केही समयमा नै योगा कक्षा जान सुरुगरेकी थिइन् । करिनाले ६ महिनामा करिब १६ किलो तौल घटाएकी छिन् ।

त्यसो त करिनाले छोरालाई जन्म दिएको तनि महिना पछि नै काम गर्न सुरु गरेकी थिइन् । करिनाले आफ्नो ट्रेनरको सहयोगमा निरन्तर आफ्नो डाइट र र वर्कआउटमा ध्यान दिँदै आएकी थिइन् ।

उनको अब आउँदै गरेको फिल्म ‘वीरे दि वेडिङ’ को सुटिङ अगसटमा सुरु हुने बताइएको छ । अहिले करिना आफूलाई पूर्ण रुपमा फिट राख्ने प्रयत्नमा छिन् ।

विशेष