गुलाटीलाई शो मा ल्याउन कपिलको कोशिश

जेठ २३ – भारतीय हास्यकलाकार कपिल शर्माले हालै सामाजिक सञ्जालमा आफ्ना प्रशंसकहरूसँग कुराकानी गरेका छन् ।
यसै क्रममा उनका एक फ्यानले सुनिल ग्रोवरलाई शोमा कहिले ल्याउनुहुन्छ भनी सोधे । कपिलले उत्तर दिए, ‘उनलाई जहिले मन लाग्छ । मैले त उनलाई फर्कनुस् भनी कतिपल्ट भनिसकें ।’
अस्ट्रेलियाबाट भारत फर्कने क्रममा विमानभित्रै कपिलले सुनिलसँग झगडा गरेर जुत्ता हानेका थिए । त्यसपछि सुनिलले कपिलको शोमा आउन मानेका थिएनन् ।
सुनिलले सोनी टीभीमा आफ्नै नयाँ शो ल्याउने कुरा चलेको भएपनि यसको आधिकारिक पुष्टि भएको छैन ।
सुनिलले छोडेर गएपनि कपिलले कमेडी शो राम्रैसँग चलाइरहेका छन् । तर फ्यानहरूले शोमा डाक्टर मशहूर गुलाटी र रिंकू भाभीको भूमिका खेल्ने सुनिल ग्रोवरलाई हेर्न चाहिरहेका छन् ।
एजेन्सी
kapil sharma