स्वास्थ्य

निन्द्रामा घुर्ने मानिसको उपचार त्रिवि शिक्षण अस्पताल महाराजगंजमा

निन्द्रामा घुर्ने मानिसको उपचार त्रिवि शिक्षण अस्पताल महाराजगंजमा

जेठ २३ । सँगै सुत्ने मानिस रातभर घुर्दा कति तनाव होला रु यो घुराइपीडितलाई बाहेक कमैलाई थाहा होला ।

दिनभर थकाइले चुर भएर घुराइका कारण राम्ररी सुत्न नसक्नेको समस्यालाई अब त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजको गणेशमान सिंह स्मृति नाक, कान तथा घाँटी प्रतिष्ठान ९ईएनटी विभाग० ले सुल्झाउने भएको छ ।

विभागले यसै वर्षदेखि परीक्षण र उपचार सुरु गर्ने भएपछि घुर्ने मानिस र उसको घुराइबाट दिक्क भएकाको समस्या समाधान हुने भएको हो ।

नाक, कान, घाँटीसम्बन्धी नसाका कारण राति घुर्ने समस्या बढ्दै गएको जनाउँदै विभागका प्रमुख प्राडा। राजेन्द्र प्रसाद गुरागाईंले चालू वर्षमा परीक्षण र उपचार कार्य सुरु गर्ने जानकारी दिए ।

राजधानी

विशेष