खेल

च्याम्पियन्स ट्रफीमा अष्ट्रेलिया र बंगलादेशले अंक बाँडे, आज न्यूजिल्याण्ड र इंग्ल्याण्ड भिड्ने

च्याम्पियन्स ट्रफीमा अष्ट्रेलिया र बंगलादेशले अंक बाँडे, आज न्यूजिल्याण्ड र इंग्ल्याण्ड भिड्ने


जेठ २३ । च्याम्पियन्स ट्रफी क्रिकेट अन्तर्गत अष्ट्रेलिया र बंगलादेशबीचको खेल वर्षाले रद्द भएको छ ।

बंगलादेशले दिएको १ सय ८३ रनको झिनो लक्ष्य पछ्याएको अष्ट्रेलियाले १६ ओभरमा १ विकेट गुमाएर ८३ रन जोडेको अवस्थामा वर्षा भएको थियो । यसपछि थप खेल हुन नसक्दा अष्ट्रेलिया सहज जितबाट बञ्चित हुनपुग्यो । खेल रद्द भएसँगै दुबै टोलीले १-१ अंक बाँडेका छन् । खेल अवरुद्ध हुनुअघि अष्ट्रेलियाका डेभिड वार्नर ४० तथा स्टेभन स्मिथ २२ रनमा अविजित थिए । यसअघि पहिले व्याटिङ गरेको बंगलादेशले ४५ औं ओभरमा अलआउट हुनुपुर्व १ सय ८२ रन जोडेको थियो ।

बंगलादेशका तमिम ईकबालले ९५ रन जोड्नुबाहेक अन्य कुनैपनि ब्याट्सम्यानले सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।

अष्ट्रेलियाका मिचेल स्टार्कले ४ विकेट लिए । च्याम्पियन्स ट्रफी क्रिकेटमा आज आयोजक इङ्गल्याण्डले न्युजिल्याण्डसँग खेल्नेछ

विशेष