मनोरञ्जन

श्रुति हसन भन्छिन् मेरो शरीर मेरो मर्जी

श्रुति हसन भन्छिन् मेरो शरीर मेरो मर्जी


जेठ २४ । दक्षिण भारतीय फिल्मकी श्रुति हसन भारतमा सर्वाधिक रुचाइएकी नायीकामा पर्छिन् ।

केही दिनयता भने यी सुन्दरीलाई सोसल मिडियामा उडाउनु उडाइएको छ । ती ‘फयानहरू’ को गुनासो छ— श्रुतिले ‘लिप जब’ गराइन् । अर्था, प्लास्टिक सर्जरी गरेर ओठ मिलाइन् । यस्तो गुनासो गर्नेहरूले उनका हालैका फोटाहरू सेयर गर्दै ओठमा कहाँकहाँ परिवर्तन देखिएको छ भनेर चिह्न पनि लगाएका छन् ।

अति हुन थालेपछि श्रुति पनि मुख खोल्न बाध्य भइन् । ओठमा कैँची चलाए–नचलाएबारे केही नभनी उनले त्यस्ता व्यक्तिहरूमाथि खनिइन् । एक उनले भनेकी छन, ‘यो मेरो अनुहार हो, मेरो शरीर हो । आफ्नो शरीरलाई मैले जे गरे पनि यो कसैको चासोको विषय हुन नपर्ने हो ।

सोसल मिडियामा मान्छेहरूले मेरा बारेमा के लेखे भन्ने कुराको मलाई मतलब छैन । मैले हरेक प्रश्नको जवाफ दिनुपर्छ भन्ने छैन ।’

विशेष