मनोरञ्जन

बाख्राको आवाज भनेर शोबाट निकालिएकी साकिरा कसरी बनिन् विश्वप्रसिद्ध गायिका

बाख्राको आवाज भनेर शोबाट निकालिएकी साकिरा कसरी बनिन् विश्वप्रसिद्ध गायिका

विश्वप्रसिद्ध पपगायिका साकिराको गीत र स्वर मन नपराउने सायदै होलान ।

पृथक गायन शैली र दमदार स्टेज प्रस्तुतीका कारण कुनै समय उनलाई स्वर राम्रो छैन भनेर गायन प्रतियोगिताबाट निकालिएको थियो । यो भन्दा पत्याउन सायदै गाह्रो पर्ने हुन्छ तर यो सत्य भएको खुलासा साकिरा आफैले गरिेकी छन् ।

 साकिरा ११ वर्षको हुँदा विद्यालयमा भएको सामुहिक गायन प्रतियोगितामा शिक्षकले बाख्राको जस्तो आवज निकालेको भनेर प्रतियोगिताबाट बाहिर निकालेका थिए र तर गायनबाट करियर बनाउने उनलाई रेजेक्सनको वेवास्था गर्दै अगाडि बढेकोले अहिले विश्वसंगीतमा सफलताको चुचुरोमा पुगेकी हुन् ।

आफ्ना संगीत शिक्षकले उनलाई बाख्राको जस्तो आवाज निकालेको भन्दा आश्चर्य लाग्नुका साथै केही समय ठिकै भनेको होला भन्ने पनि लागेको थियो ।

विशेष