स्वास्थ्य

बच्चाको कोठा सजाँउदै हुनुहुन्छ ध्यान दिनुस यी कुरा

बच्चाको कोठा सजाँउदै हुनुहुन्छ ध्यान दिनुस यी कुरा

 आजभोलि बच्चाका लागि पनि छुट्टै कोठा बनाउने गरिन्छ ।

तर, उनीहरूका लागि कोठाको व्यवस्था गरेर मात्र हुँदैन । धेरै समयसम्म उनीहरू एक्लै आफ्नो कोठामा बस्ने हुँदा कोठा सुरक्षित हुनु पनि आवश्यक छ । सुरक्षित कोठाको व्यवस्थापछि मात्र तपाईं ढुक्कसँग आफ्ना बच्चा छोड्न सक्नुहुन्छ । सुरक्षित कोठामा बच्चाले स्वतन्त्र रूपमा बस्न वा खेल्न सहज वातावरण पाउँछ ।

बच्चाको कोठा सजाउँदा यी कुराहरूमा ध्यान दिनुस


१. सुत्ने खाटअगाडि कुनै पनि ठूला पेन्टिङ अथवा गह्राैंं सामान राख्नु हुँदैन । किनकि, यो उनीहरूका लागि जोखिमपूर्ण हुन्छ ।

२.बच्चाले बिजुली बत्तीको स्विच रमाइलोका लागि चलाउने भएकाले त्यस्ता स्विच उनीहरूले नभेट्ने ठाउँमा राख्नुपर्छ ।

३.कोठामा प्रयोग हुने ल्याम्प र अन्य बिजुलीको सामान करेण्ट नलाग्ने बनाउनुपर्छ । सकेसम्म तारको लाइन भित्ताको भित्रबाट लगाइदिनुपर्छ ।

४. बच्चाको कोठाको झ्यालमा जाली अथवा ग्रील राखिदिनुपर्छ । यसबाट बच्चा बाहिर निस्कन सक्दैनन् र सुरक्षित रहन्छन् ।

५. चक्कु, छुरी, कैंची, सुईजस्ता काट्ने÷घोच्ने सामान वा सलाई बच्चाको कोठामा राख्नुहुँदैन ।

६.बच्चाको कोठामा स्मोक अलार्म राखेमा उनीहरूले गलत कार्य गरेको थाहा पाउन सकिन्छ ।

७.बच्चालाई आवश्यक पर्ने किताब, कापी र लुगा उसले भेट्ने ठाउँमा राखिदिनुपर्छ । त्यस्ता सामग्री अग्लो वा भेट्न नसक्ने ठाउँमा राख्दा दुर्घटना हुन सक्छ ।

८.फर्निचरहरू बलियो हुनुपर्छ । खाट, दराज वा टेबलमा प्रयोग भएका सबै समान बेलाबेला जाँच गरी बच्चालाई सुरक्षितसँग बस्ने व्यवस्था मिलाइदिनुपर्छ ।

९.कोठामा शिशाको भन्दा काठ तथा प्लाष्टिकका सामान बढी सुरक्षित हुन्छन् । बच्चाको कोठा सकेसम्म साधारण बनाउँदा उपयुक्त र सुरक्षित हुन्छ ।

१०.बच्चाहरूको भुँइमा खसेको जे पनि टिपेर खाने, मुखमा हाल्ने बानी हुने भएकाले कोठाको नियमित सफाइ आवश्यक छ । त्यसैले, भुँइ सधैं सफा राखेर पनि तपाईं आफ्नो बच्चालाई सुरक्षित राख्न सक्नुहुन्छ ।

विशेष