स्वास्थ्य

जो सवेरै उठ्छ उसको सोच्ने सक्ति बढी हुन्छ

जो सवेरै उठ्छ उसको सोच्ने सक्ति बढी हुन्छ

जो मानिस रातमा छिटै सुत्ने र बिहान सबेरै उठ्ने गर्दछन् उनीहरु स्वस्थ, बुद्धिमान तथा धनी हुन्छन् ।

के यो भनाई वास्तविक हो त ? धेरै कामकाजी मानिसहरु बिहान सबेरै उठेर आफ्नो जरुरी काम कुनै डिस्टर्ब विना नै गर्न मन पराउँछन् ।

विज्ञहरुका अनुसार बिहान उठ्ने र अफिस जाने बीचको समय निकै महत्वपूर्ण हुन्छ । यो बीचमा केही यस्ता काम सक्न सकिन्छ जो मानिसका लागि निकै महत्वर्पूर्ण हुन्छन् । ती कार्यालयसँग सम्बन्धित काम नहुन सक्छन् ।

व्यक्तित्व विकाश तथा अतिरिक्त आय लगायतका काम पनि हुनसक्छन् । बिहानको समयमा मानिसको इच्छाशक्ति उच्च हुन्छ र दिन लाग्दै गएपछि यसमा कमी आउँछ । त्यसैले बिहानको समयमा सिर्जनात्मक सोँचाइ, समस्या समाधान जस्ता विषयमा बढि प्रभावकारी बन्दछ ।

विशेष