मनोरञ्जन

‘काले दाई’ नाममा फिल्म बन्ने

‘काले दाई’ नाममा फिल्म बन्ने

जेठ २४ । फिल्म ‘पर्व’ को रिलिज अघि सार्वधिक चर्चा बटुलेको गीत हो ‘काले दाइ’ । यो भन्दा अघि पनि फिल्म ‘पुरानो डुंगा’ को ‘निर’ बोलको गीतले धुम मच्चाएको थियो ।

जेष्ठ १२ गतेबाट अल नेपाल प्रदर्शनमा आएको फिल्म ’पर्व’ मा समाबेश ’काले दाई’ बोलको गीतले युट्युबमा मात्र करोड बढी भ्यू पाउन सफल भयो । निश्चल बस्नेत र नायिका माला लिम्बुले कम्मर कसेको उक्त गीतको कारण पनि फिल्म ’पर्व’ लाई हलसम्म दर्शक तान्न ठूलै मद्दत पुगेको थियो । अब यो नाममा नेपाली फिल्म नै निर्माण हुने भएको छ ।

गएको वर्ष प्रदर्शनमा आएको फिल्म ’उमंग’ का निर्देशक शिव शर्माले ’काले दाई’ नाममा नेपाली फिल्म निर्माण गर्न लागेका हुन् । उनले यो नाम चलचित्र विकास बोर्डमा समेत दर्ता समेत गराइसकेका छन् ।

तर उक्त गीत हिट भएर भने फिल्मका नाम काले दाइ जुरेको होइन । फिल्मको स्कृप्ट लेख्नेसमयमा नै उक्त गीत पनि रिलिज भएको निर्माण पक्षको भनाइ छ । फिल्मको कथामा पनि काले दाई भन्ने एक पात्र छ । उसको नाम कुलमान हुन्छ तर गाउँमा उसलाई सबैले काले दाई भनेर बोलाउने गर्छन । यो गण्डक क्षेत्रको कथा हो ।

सिद्धिका फिल्मस् र राम्जाली प्रोडक्सनको संयुक्त ब्यानरमा बन्ने यो फिल्मको छायांकन असार ५ गतेबाट सुरु हुनेछ । प्रकाश न्यौपाने फिल्मका निर्माता हुन् । फिल्ममा इन्द्र राम्जाली, अनु पराजुली, सुरेन्द्र केसी, सुजित थापा, सरु भट्ट, सुर्य चन्द, कविता शर्मा, राम थापा, गीता अधिकारी, शिशिर भण्डारी, गोविन्द श्रेष्ठ, चक्रध्वज भण्डारी, गीता नेपाल, जनक बर्तौला लगायतका कलाकारहरुको अभिनय रहनेछ । फिल्म काभ्रे, काठमाडौं, चितवनमा खिचिने बताइएको छ ।

फिल्मीखबरबाट

kale dai

विशेष