स्वास्थ्य

भक्तपुर अस्पतालद्वारा आफ्नै फार्मेसी सञ्चालन

भक्तपुर अस्पतालद्वारा आफ्नै फार्मेसी सञ्चालन

जेठ २४ । सरकारको निर्देशनपछि भक्तपुर अस्पतालले आज(बुधबार) बाट आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ । आफ्नै फार्मेसी नहुँदा औषधि लिन अन्यत्र निजी फार्मेसीमा धाउनुपर्ने विरामीले अब अस्पताल कै फार्मेसीबाट छुटमा औषधि लिन पाउने भएका छन् ।

अस्पतालले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर खड्काले आठ प्रतिशत छुटमा बिरामीले औषधि पाउने व्यवस्थासहित आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको बताए ।

यसअघि अस्पतालको आफ्नै फार्मेसी नहुँदा अस्पतालसँग भाडामा लिएर बसेको साझा औषधि पसल र बाहिरका निजी फार्मेसीमा विरामीका लागि औषधि किन्नुपर्ने बाध्यता थियो ।

अस्पतालका सुपरिटेन्डेन्ट डा सुधा देवकोटाले सरकारको निर्देशनलाई पालना गर्दै सञ्चालनमा ल्याएको अस्पतालको आफ्नै फार्मेसीले २४ सै घण्टा बिरामीलाई सहज र सर्वसुलभ रुपमा औषधि प्रदान गर्ने बताए ।

विशेष