खेल

च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा इग्ल्याण्ड, आज पाकिस्तान र दक्षिण अफ्रिका भिड्ने

च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा इग्ल्याण्ड, आज पाकिस्तान र दक्षिण अफ्रिका भिड्ने

जेठ २४ । आइसीसी च्याम्पियन्स ट्रफीमा आयोजक इग्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ ।

हिजो भएको न्यूजिल्याण्ड सँगको खेलमा ८७ रनले विजयी हुँदै इग्ल्याण्ड एक खेल अघि नै सेमिफाइनल प्रवेश गरेको हो । टस हारेर पहिले व्याटिङ गरेको इग्ल्याण्डले निर्धारित ओभरमा ३ सय १० रन बनाएको थियो ।

इग्ल्याण्डका जोए रुटले सर्वाधिक ६४ रन बनाए त्यस्तै जोस बटलरले नटआउट ६१ रनको योगदान रहयो । बलिङमा न्यूजिल्याण्डका खेलाडी आदम माइन र कोरी एडरसनले समान ३ विकेट लिए ।

त्यसपछि व्याटिङ गरेको न्यूजिल्याण्डले ४४ दशमलब १ बलमा सबै विकेट गुमाउँदै २ सय २३ रन मात्र जोड्न सक्यो । न्यूजिल्याण्डका केन विलिम्सनको नाममा सर्वाधिक ८७ रन रहयो । रोज टेलरले ३९ रन बनाउँदा मार्टिन गुप्टिलले २७ रन बनाए ।

न्यूजिल्याण्लाई सस्तैमा समेटन लाहिम प्लाङकेटले ४ विकेट लिए । प्रतियोगिता अन्र्तगत आज पाकिस्तान र दक्षिण अफ्रिकाबीच खेल हुने छ ।

ICC champions Trophy

विशेष