मुख्य समाचार

देखे पनि नदेखे झैँ गर्छ सरकारी निकाय, कार्बाइडयुक्त भारतीय आँप छयापछयाफ्ती बजारमा

देखे पनि नदेखे झैँ गर्छ सरकारी निकाय, कार्बाइडयुक्त भारतीय आँप छयापछयाफ्ती बजारमा
आँप पाक्ने समयमा पनि बजारमा कार्बाइड हालेर पकाएको आँपको कारोबार निकै उच्च रहेको छ । उपभोक्तामा हानिकारक रसाइन प्रयोग गरिएको आँप खानु हुँदैन भन्ने जनचेतना नभएकै कारण खरिद गरेर लग्ने गरेको झलारीका स्थानीय बुद्धिजीवी दिलबहादुर ऐरले बताए । मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने हानिकारक रसायनको प्रयोग गरिएका आँप बिक्री भइरहँदासमेत स्थानीय प्रशासनले नियन्त्रणको प्रयास नगरेको उनले भने ।
“बजार अनुगमनको कार्य नहुँदासमेत व्यापारीले प्रतिबन्धित रसाइन प्रयोग गरेका आँपको कारोबार गर्दै आएका छन्” उनको भनाइ छ । प्लान्ट क्वारेन्टाइन कार्यालय गड्डाचौकीले समेत हानिकारक कार्बाइड हालेर पकाएका आँप रोक्नका लागि पहल नगरेको उपभोक्ताको आरोप छ ।

विशेष