देश

गाउँमै पहिलो विद्यावारिधी गर्ने खनाल सम्मानित

गाउँमै पहिलो विद्यावारिधी गर्ने खनाल सम्मानित


जेठ २५ । गाउँमै पहिलो विद्यावारिधी प्राप्त गर्ने खोटाङ दोर्पाका डा. तोयानाथ खनाललाई विद्यालयले सम्मान गरेको छ ।

रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाका डा. खनाललाई दोर्पा गाउँका तर्फबाट विद्यावारिधी गर्ने पहिलो व्यक्ति भई उदाहरणीय र प्रेरणादायी व्यक्तित्व बनेको भन्दै सोही स्थानको अन्नपूर्ण मावि दोर्पाले बुधबार सम्मान गरेको हो ।

शिक्षा मन्त्रालयअन्तर्गत उपसचिव पदमा कार्यरत खनालले काठमाडौँ विश्वविद्यालयबाट ‘शैक्षणिक नेतृत्व’ विषयमा गाउँको तर्फबाट पहिलोपटक हालै विद्यावारिधी (पिएचडी) गरेकोमा विद्यालयमा विशेष कार्यक्रमका साथ दोसल्ला तथा सम्मानपत्रले सम्मान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयप्रसाद राईले जानकारी दिए ।

डा. खनालले विसं २०५० ताका करिब पाँच वर्षसम्म दोर्पास्थित विद्योदय माविमा प्रधानाध्यापकको जिम्मेवारीसमेत सम्हालेका थिए । सम्मान ग्रहणपश्चात् डा. खनालले देश विकासमा शिक्षाको महत्वका बारेमा बोलेका थिए । जिल्लामा पछिल्लो समयमा विद्यावारिधी गर्नेको सङ्ख्या बढ्दै गएको छ ।

विशेष