मुख्य समाचार

देउवाले भने अहिले भिड नगर्नुस्, निर्वाचनपछि मात्रै मन्त्रिपरिषद विस्तार हुन्छ

देउवाले भने अहिले भिड नगर्नुस्, निर्वाचनपछि मात्रै मन्त्रिपरिषद विस्तार हुन्छ


जेठ २५ । प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो चरणको निर्वाचनपछि मात्रै मन्त्रिपरिषद विस्तार गरिने बताउँदै आफ्नो पार्टीका नेता कार्यकर्तालाई काठमाडौंमा भिडभाड नगरी गाउँतिर फर्कन आग्रह गरेका छन् ।

मन्त्री पदका लागि दर्जनौं सांसदहरुले देउवासम्म पुग्न पहुँच प्रयोग गरिरहेका छन् । तर, प्रधानमन्त्री देउवाले अब दोस्रो चरणको चुनावपछि मात्र मन्त्रिपरिषद विस्तार हुने भन्दै सांसदहरुलाई काठमाडौंमा भिडभाड नगरी चुनावमा खट्न निर्देशन दिएका छन् ।

पहिलो चरणमा आफ्नो पक्षका मात्रै मन्त्री राखेर सानो मन्त्रिपरिषद बनाएका प्रधानमन्त्री शेरबहादुर देउवाले रामचन्द्र पौडेल पक्षलाई बढीमा ४ मन्त्रालय दिने तयारी गरेका छन् ।

कांग्रेसको भागमा १० मन्त्रालय पर्ने सत्तारुढ गठबन्धनवीच सहमति भएको छ ।

विशेष