मनोरञ्जन

बलिउडमा काम पाउनै छाडे उदित नारायण झाले

बलिउडमा काम पाउनै छाडे उदित नारायण झाले

एजेन्सी ।  बलिउडमा कुनै समयका नामी गायक हुन् नेपाली मूलका उदित नारायण झा । तर यो नाम अहिले बलिउडबाट हराउँदै गएको देखिन्छ ।

नयाँ गायकहरुको आगमनले उदितमात्र नभएर बलिउडका नामी गायक जस्तै अलका, कुमार सानुजस्ता गायकहरु पनि पलायन हुँदै गएको अवस्था छ ।अलका याग्निक, उदित नारायण, कुमार शानू सहित बलीउडका धेरै पुराना गायक गायिकाहरु केही वर्षदेखि खाली बस्नु परेको छ । नेपाली मूलका भारतीय गायक उदित नारायण झाले नेपाली, मैथिली, नेपाल भाषा, उर्दू, हिन्दी, तमिल, तेलगु, मलयालम, कन्नड, उडिया, आसामी र सिन्धी भाषाहरूको फिल्ममा पार्श्व गायकको रूपमा गीत गाएका छन् । तर, केही वर्षयता उनी पनि खाली छन् ।

पछिल्लो समय २०१६ मा उनले दुई फिल्म ‘जय गंगाजल’ र ’अना’ का लागि गीत गाएका थिए ।  गायक झाको ’पापा कहते हैं बड़ा नाम..’ (फिल्म ’कयामत से कयामत तक), ‘मुझे नींद न आए..’ (फिल्म ‘दिल’), ’मेरा दिल तेरे लिए धड़कता है..’ (फिल्म ‘आशिकी’), ‘पहला नशा..’ ( फिल्म ‘जो जीता वही सिकंदर’), जस्ता गीतहरु सुपरहिट रहेका छन् ।

३० भाषाहरूमा १५,००० भन्दा बढी गीत गाएका उदितले भारतका २६० बढी फिल्मका गीतहरुमा आफ्नो स्वर भरेका छन् । उनलाई भारत सरकारले वर्ष २००९ मा भारतको उच्च सम्मान पदक पद्म श्री पुरस्कारबाट समेत सम्मनित गरिसकेको छ । त्यस्तै, उनी वर्ष २००१ मा प्रबल गोर्खा दक्षिण बहु नेपालको तत्कालिन राजा श्री ५ बिरेन्द्र बिर बिक्रम शाह देवबाट पनि सम्मानित भैसकेका छन् ।

 

विशेष