मनोरञ्जन

एन्जिलिनाको नामको ट्याटु मेटाउदैँ पिट

एन्जिलिनाको नामको ट्याटु मेटाउदैँ पिट

जेठ २४ । हलिउडका चर्चित अभिनेता ब्राड पिट अभिनेत्री एन्जिलिना जोलीको नामको सबै ट्याटु मेटाउने तरखरमा लागेका छन् । केही समयअघि सम्बन्धविच्छेद भएपछि यी दुबैले अहिले नयाँ ढंगले जीवनको सुरुवात गरिरहेका छन् ।

पिटले अब जोलीको याद दिलाउने प्राय सबै कुराहरुबाट मुक्ति पाउन खोजिरहेका छन् । किनभने जोलीले अब आफूहरु कहिल्यै सँगै हुन नसक्ने प्रतिज्ञा गरिसकेकी छिन् । पिटसँग अहिले पनि जोलीको याद दिलाउने ट्याटुहरु छन् । पिटको पेट र तिघ्राको बिचको भागमा जोलीको जन्मदिन लेखिएको छ भने उनको तल्लो ढाडमा जोली आफैँले पनि चित्र कोरिदिएकी थिइन् । यसकासाथै सम्बन्ध विच्छेदको केही महिना अघिमात्र यी दुईले एकै खालको मिल्दो ट्याटु पनि बनाएका थिए ।

तर, पिट अब जोलीको यादबाट मुक्त हुनका लागी यी सबै ट्याटु सदाका  लागि हटाउने प्रयासमा छन् । हलिउडको आदर्श जोडि मानिने ब्राड पिट र एन्जिलिना जोलीको सम्बन्ध विच्छेदले धेरैलाई स्तब्ध बनाएको थियो ।

brad pitt

विशेष