प्रवास

अमेरिकाबाट सात नेपाली निष्कासित

अमेरिकाबाट सात नेपाली निष्कासित

जेठ २५ । अवैध मार्ग हुँदै अमेरिका पुगेका सात नेपालीलाई त्यहाँको अध्यागमनले पक्राउ गरी निष्कासन गरेको छ ।

निष्कासित ७ जनालाई विशेष चार्टर्ड जहाजबाट बुधबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको छ । जहाज ओर्लनासाथ ती सात नेपालीलाई विमानस्थलस्थित अध्यागमन कार्यालयको जिम्मा लगाइएको थियो ।

निष्कासन हुनेमा रामेछापका टासी शेर्पा, रुकुमका तारक पुन मगर र धनीमान बुढा, कास्की पोखराका केशव थापा, कास्की हेम्जाका चित्रबहादुर थापा, मकवानपुरका रवीन्द्र बलामी र बागलुङका अमर बस्नेत छन् ।

उनीहरु ९ देखि १६ महिनासम्म अमेरिकी अध्यागमनको हिरासतमा बसेका थिए । अमेरिकास्थित नेपाली दूतावासले ती नेपालीको ट्राभल डकुमेन्ट बनाएपछि त्यहाँको अध्यागमनले उनीहरुलाई निष्कासन गरेको थियो ।

अन्नपूर्ण पोस्ट

विशेष