खेल

आज प्रधानमन्त्री कप क्रिकेटको फाइनल, विजेताले २० लाख पाउने

आज प्रधानमन्त्री कप क्रिकेटको फाइनल, विजेताले २० लाख पाउने

जेठ २५ । राजधानीमा जारी प्रथम प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज दुई विभागीय टोलीहरु त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

आर्मीले सेमिफाइनलमा पश्चिमाञ्चल विकास क्षेत्रलाई तथा पुलिसले सशस्त्र प्रहरीलाई पराजित गर्दै फाइनलमा पुगेको हो ।

समूह चरणमा एउटै समूहमा रहेका आर्मी र पुलिसबीचको भिडन्तमा आर्मी विजयी भएको थियो । आर्मी समूह विजेता तथा पुलिस उपविजेता बन्दै सेमिफाइनलमा पुगेका थिए । सेमिफाइनलमा प्रमुख दाबेदार सशस्त्रलाई हराएसँगै पुलिसको मनोबल बढेको छ ।

नेपाल क्रिकेट संघ क्यान निलम्बनमा परेसँगै राष्ट्रिय खेलकुद परिषद राखेपले आयोजना गरेको सो प्रतियोगिताको विजेता टोलीले २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

फाइनल खेल आज बिहान ९ बजेदेखि कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने छ ।

विशेष