प्रवास

एनआरएन एनसीसी अमेरिकाको निर्वाचनमा सचिव पदका शसक्त उम्मेदवार होम गौतम

यस्तो छ उनको प्रतिवद्धता

एनआरएन एनसीसी अमेरिकाको निर्वाचनमा सचिव पदका शसक्त उम्मेदवार होम गौतम


जेठ २५ । आसन्न एनआरएन एनसीसी अमेरिकाको निर्वाचनमा नेपाली डायस्पोरामा एनआरएनको सबैभन्दा बढी सदस्य भएर पनि उल्लेखनीय योगदान दिन पछि परिरहेको संस्थालाई नवीन सोचसहित योगदान दिन सक्छु भन्ने प्रतिबद्धताका साथ होम गौतमले सचिव पदमा उम्मेद्वारी दिने निश्चय गरेका छन् ।

संस्थाको स्थापनाकालदेखि नै सक्रिय गौतमले सन् २००४ देखि २०१३ सम्म रसियामा रहदा एनआरएन रसियाको अडिट डिपार्टमेन्टको प्रमुख तथा निर्वाचन समितिको सचिव पदमा रही काम गरिसकेका छन् भने एनआरएन आइसीसीको छैठौं क्षेत्रीय सम्मेलनमा सवारी व्यवस्थापनको भूमिका सफलतापूर्वक सम्पन्न गरेका छन् ।

लामो समय देखी सस्थामा आबद्द भयी प्रत्यक्ष या अप्रत्तक्ष काम गरेको कारण गौतमले एनआरएनलाई राम्ररी बुझेको अनुभबलाई एनआरएन अमेरीकामा सदुपयोग गर्ने चाहना राख्छन १ सन् २०१३ मा अमेरिकामा बस्न थालेपछि एनआरएनका विविध गतिविधिमा संलग्न हुदै अमेरिकामा सम्पन्न ९ औं क्षेत्रीय सम्मेलन सफल पार्न भूमिका निर्वाह गर्नुका साथै हाल एनआरएन आइसीसी नीति तथा कार्यक्रम उपसमितिको सदस्यका रुपमा सक्रिय छन् ।

एक पटकको नेपाली सधैंको नेपाली भन्ने मूल नारा सहित विदेशमा नेपालीहरुले सिकेको सीप, ज्ञान, कला र आर्जित पूँजी मातृभूमिमा लैजाने एक कर्मठ सिपाहीको भूमिका निर्वाह गर्न तथा मातृभूमिमा आइपर्ने समस्याहरुमा मलमपट्टी लगाउन कोशिस गर्ने लगायतका उद्देश्य पूर्तिका लागि उम्मेदवारी दिने घोषणा गरेको सचिवका उम्मेदवार गौतम बताउँछन् । पूर्वी नेपालको झापामा जन्मिएका गौतमले विद्यालयको अध्ययनकै सिलसिलामा २०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागिता जनाई आफ्नो राजनैतिक यात्रा तय गरेका हुन् ।

मेची क्याम्पस भद्रपुरबाट प्रविणता प्रमाणपत्र तह र महेन्द्रक्याम्पस धरानबाट व्यवस्थापन संकायमार्फत स्नातक पूरा गरी भारतको इस्टिच्यूट अफ चार्टर्ड एकान्टेन्टबाट सिए अध्ययन गर्न सफल गौतम कामको सिलसिलामा रसिया गएका हुन् । विद्यालयको समयदेखि नै लोकतान्त्रिक गतिविधिमा निरन्तर लागी पर्नुका अतिरिक्त विविध सामाजिक कार्यमा सक्रिय गौतम नेपाल रेडक्रसको आजीवन सदस्य हुदै समाजसेवामा होमिएका थिए ।

राजनीति र समाजसेवालाई एकैसाथ अगाडि बढाएर नेपाल र नेपालीको समुत्थानमा योगदान गर्न सकिन्छ भन्ने सोचका गौतमले आसन्न एनआरएन एनसिसि अमेरिकाको सचिव पदमा निर्वाचित भएमा नेपाल र अमेरिकाका नेपालीबीच सम्बन्धसेतूको रुपमा काम गर्ने बताए । संस्थालाई स्वतन्त्र, निश्पक्ष, पारदर्शी तथा सहयोगी बनाउदै सबैको समुन्नत्ति र हितमा अग्रसर गराउनेतर्फ मनसा, वचन र कर्ममा लाग्ने प्रतिबद्धतासमेत व्यक्त गरे । गौतमको उम्मेद्वारीले एनआरएन अमेरिकाको निर्वाचनमा थप रौनकता छाएको छ ।

अमेरिकी नेपाली समाजमा हुने गरेको चर्चा परिचर्चामा त गौतम सचिव पदमा निर्विरोध हुनसक्ने अनुमानसमेत गरिएको छ ।

Hom Gautam

विशेष