मुख्य समाचार

रातो घर हेरेका ओलीले भने, जखमले भन्दा तक्मे बुढा नै प्रिय

रातो घर हेरेका ओलीले भने, जखमले भन्दा तक्मे बुढा नै प्रिय

जेठ २६ । बिहीवार दिउँसो ओलीले तीनघण्टा चलचित्र हेरेर बिताए । विल्सन बिक्रम राई ‘तक्मे बुढा’ अभिनित चलचित्र ‘रातो घर’ हेर्न बीग मुभिज पुगेका ओलीले रातो घरको रोमान्स र एक्सनले आफूलाई प्रभावित पारेको प्रतिक्रिया दिए ।

सिनेमा हेरिसकेपछि चलचित्रका मुख्य पात्र तक्मे बुढालाई देखाउँदै ओलीले भने ‘मलाई जखमले भन्दा तक्मेबुढा भन्ने पात्र नै प्रिय लाग्छ ।’ साथै उनले रातो घरजस्तो सिनेमा हेरेपछि नेपाली सिनेमाको क्रमिक विकास हुँदै गएको अनुभुति भएको बताए ।

चलचित्रमा झापाको प्रसंग भएकाले आफूलाई चलचित्रले छोएको ओलीको भनाइ थियो । चलचित्र हेर्ने कार्यक्रममा एमाले नेता सुवास नेम्वाङ, भीम रावल लगायतका नेताहरु सहभागी थिए ।

विशेष