मनोरञ्जन

‘जब ह्यारी मेट सेजल’ मा एकसाथ देखिदैँ शाहरुख र अनुष्का

‘जब ह्यारी मेट सेजल’ मा एकसाथ देखिदैँ शाहरुख र अनुष्का

जेठ २६ । अभिनेत्री अनुष्का शर्मा र शाहरुख खानले एक फिल्ममा फेरि सँगै काम गर्न लागेको खबरले लामो समयसम्म चर्चा भइहरेको थियो । फिल्मको काम सुरु भएपनि नाम भने टुंगो नभएको उक्त फिल्मको यतिबेला नाम सार्वजनिक भएको छ ।

केही समयअघि उक्त फिल्मको नाम ‘द रिङ’ भएको भनेर मिडियामा प्रचारबाजी चलिरहेको थियो । तर, यतिबेला शाहरुख खान र अनुष्का शर्माले पोष्टर सार्वजनिक गर्दै नाम सार्वजनिक गरेका छन् ।

उक्त चलचित्रको नाम ‘द रिङ’ नभएर ‘जब ह्यारी मेट सेजल’ राखिएको छ । नामबाटै थाहा हुन्छ की चलचित्रमा शाहरुखको नाम ह्यारी हुन्छ भने अनुष्काको सेजल ।

शाहरुखको आफ्नै होम प्रोडक्सन रहेको रेड चिल्लीबाट निर्माण भएको उक्त फिल्म अगष्ट ४ मा रिलिज हुने बताइएको छ ।

sharukh anushka

विशेष