मुख्य समाचार

प्रचण्डले एमालेको गुन विर्सिए : सुवास नेम्बाङ

प्रचण्डले एमालेको गुन विर्सिए : सुवास नेम्बाङ

जेठ २६ । नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रचण्ड सरकारका पालामा प्रमुख विपक्षीलाई कुनामा पार्ने काम भएको गुनासो गरेका छन् । साथै एमालेको समर्थनमा प्रधानमन्त्री बनेको इतिहास र गुन नबिर्सन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सुझाव दिएका छन् ।

नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदमा बधाई दिने क्रममा एमाले संसदीय दलका उपनेता नेम्वाङले सत्तापक्षबाट प्रमुख प्रतिपक्षलाई कुनै छलफल नगर्ने र सधैं कुनामा पार्ने गरिएको बताए ।

केपी ओली प्रधानमन्त्री हुँदा देउवाले नै प्रतिपक्षी भनेको राज्यको अंग हो भनेको स्मरण गराउँदै नेवाङले भने, ‘केपी ओलीले ठीक हो भनेर औपचारिक कार्यक्रम बन्यो । तर, त्यसपछि प्रमुख विपक्षीलाई सधैं कुनामा पार्ने काम भयो ।’

विपक्षीलाई संविधान संशोधन विधेयक ल्याउँदा होस् वा चुनावको मिति सार्दा कुनै सल्लाह नभएको भन्दै उनले भने, ‘अचानक-अचानक कामकारबाही भयो ।’

प्रधानमन्त्री देउवाको बिगततर्फ संकेत गर्दै नेम्वाङले यसपटक त्यस्ता कमजोरी नदोहोरिने विश्वास व्यक्त गरे । कामका आधारमा समर्थन र बिरोध हुने भन्दै उनले माघ ७ भित्र तीन तहका निर्वाचन सम्पन्न गर्ने शर्तमा एमालेको साथ हुने बताए ।

गुन नबिर्सन प्रचण्डलाई आग्रह

प्रधानमन्त्रीबाट बाहिरिदै गर्दा प्रचण्डले एमालेका तीनैजना नेतालाई आफूले प्रधानमन्त्री बनाएको भन्दै एमालेले अहिलेसम्म गुन तिर्न नसकेको टिप्पणी गरेका थिए । कांग्रेसबाट भने पहिलोपटक शेरवहादुर देउवालाई समर्थन गरेर प्रधानमन्त्री बनाएको बताएका थिए ।

प्रचण्डले एमाले नेतृत्वले गुन बिर्सेको गुनासो गरेकै रोष्टममा उभिएर एमाले नेता नेम्वाङले भने( प्रचण्डज्यूलाई म स्मरण गराउन चाहान्छु पहिलो संविधानसभा निर्वाचन लगत्तै बहुमतीय सरकार बन्दा एमालेका तत्कालिन कार्यवाहक महासचिव झलनाथ खनालले समर्थन गरेर उहाँ प्रधानमन्त्री बन्नुभएको हो ।

विशेष