मनोरञ्जन

‘बाहुबली २’ मा काम नगरेकोबारे मुख खोलिन् श्रीदेवीले

‘बाहुबली २’ मा काम नगरेकोबारे मुख खोलिन् श्रीदेवीले

जेठ २६ । फिल्म ‘बाहुबली २’ ले प्राय सबै रेकर्ड तोड्दै गएपछि फिल्मका पात्रहरु पनि आफैँमा चर्चित हुन थाले । यो भन्दा पनि कुन भूमिकाको लागि पहिला कसलाई चुनिएको थियो भन्ने समाचारले बजार तताए ।

त्यस्तै प्रसंगमा बलिउड अभिनेत्री श्रीदेवीले शिवगामी देवीको भूमिकामा काम गर्न नमानेको र पछि उक्त अफर राम्या कृष्णलाई गरिएको खबर पनि बाहिर आयो । यो खबर पछि धेरैले श्रीदेवी माथि यती राम्रो विषयवस्तु र ठूलो प्रोजेक्टको अफर किन स्वीकार नगरेको भन्ने प्रश्न उठाए । तर, उनले केही जवाफ दिएकी थिइनन् ।

यसबारे अब भने श्रीदेवी आफैँले मुख खोलेकी छिन् । उनको आउँदै गरेको फिल्म ‘मम’ को ट्रेलर सार्वजनिक गर्ने दिन उनले उक्त प्रश्नको जवाफ दिइन् । उनले भनिन्, ‘मेरो ठाउँमा अर्का कलाकारले उक्त भूमिका निभाइसक्नुभयो । दुवै फिल्म हिट भइसक्यो अब कुरा गरेर के फाइदा ?’ उनले विगतका कुरालाई विगतमा नै छोड्नुपर्ने बताइन् ।

श्रीदेवी यतिबेला आफ्नो आउँदै गरेको फिल्म ‘मम’ को प्रचार प्रसारमा व्यस्त रहँदै आएकी छिन् । उक्त फिल्म ७ जुलाईमा रिलिज हुने बताइएको छ ।

sridevi

विशेष