मनोरञ्जन

प्रेमीले यस्तो ‘सर्पराइज’ दिएपछि दंग परिन् सोनम

प्रेमीले यस्तो ‘सर्पराइज’ दिएपछि दंग परिन् सोनम

जेठ २६ । बलिउड अभिनेत्री सोनम कपूर आज ३२ वर्ष लागेकी छिन् । उनको जन्मदिनमा आफ्ना शुभचिन्तकहरुको शुभकामना त छ नै, तर यतिबेला उनका नजिकका व्यक्तिको शुभकामना भने चाख मानेर हेरिएको छ ।

भारतीय मिडियाले जनाएअनुसार सोनम आनन्द अहुजासँग प्रेममा छिन् । तर यी दुईले यो कुरा भने सार्वजनिक रुपमा खुलाएका छैनन् ।
हालै आनन्दले सामाजिक सञ्जालमा सोनमको भिडियो सेयर गरेका थिए । त्यो भन्दा विशेष अरु के हुन सक्छ जब उनी ठूलो र चम्किलो अक्षरमा लेखिएको आफ्नो नाम ‘सोनम’ कोअघि मुस्कुराउँदै उभिएकी छिन् ।

मिडियाबाट एकअर्का बीचको सम्बन्धलाई गोप्य रोखेका सोनम र आनन्द विभिन्न समारोहमा एकसाथ देखिने गर्छन् । केही समयअघि यी दुईको इन्गेजमेन्टकोसमेत हल्ला चलेको थियो ।

विशेष