Technology

एप्पलको नयाँ अपरेटिङ सिस्टम पुराना मोडलका फोनमा नचल्ने

एप्पलको नयाँ अपरेटिङ सिस्टम पुराना मोडलका फोनमा नचल्ने

जेठ २६ । दुई दिनअघि मात्र एप्पलले नयाँ मोबाइल अपरेटिङ सिस्टम आइओएस ११ सार्वजनिक गरेको थियो । तर उक्त अपरेटिङ सिस्टम केही पूराना मोडेलका फोनमा नचल्ने भएको छ ।

आइफोन फाइभ, फाइभ सी तथा आइप्याड फोरमा आइओएस ११ उपलब्ध नहुने एप्पलले जनाएको छ । आइफोन फाइभ एस र त्यसपछिका नयाँ मोडेलका स्मार्टफोनमा चाहीँ आइओएस ११ अपग्रेड गर्न सकिनेछ । तर केही पूराना एपहरुले भने काम नगर्न सक्छन् ।

एप्पलले ३२ बिट प्रोसेसरयुक्त डिभाइस तथा एपलाई सर्पोट गर्न बन्द गर्ने एप्पलको निर्णयसँगै यस्तो भएको हो । एप्पलले सन् २०१३ यता ३२ बिट प्रोसेसरको साटो ६४ बिट प्रोसेसरका डिभाइस उत्पादन गरिरहेको छ । पहिलोपटक आइफोन फाइभ एस र आइप्याड एयरमा उसले ६४ बिट प्रोसेसर लगाएको थियो ।

अब ३२ बिट प्रोसेसरका डिभाइसमा आइओएस ११ इन्स्टल हुनेछैन भने ३२ बिट प्रोसेसरमा चल्ने एपहरु यो नयाँ अपरेटिङ सिस्टममा काम गर्नेे छैनन् ।
६४ बिटको प्रोसेसरले एकैचोटीमा धेरै डाटा ह्याण्डल गर्न सक्दछ, ३२ बिटको प्रोसेसरले भन्दा ४ अर्ब गुणा बढि । जसका कारण बढि बिटको प्रोसेसर प्रयोग भएका डिभाइसको गति तिव्र हुन्छ ।

एप्पलले केही वर्षदेखि आफ्ना प्रयोगकर्तालाई ३२ बिट प्रोसेसरबाट ६४ बिट प्रोसेसरमा जान चेतावनी दिइरहेको भएपनि धेरै प्रयोगकर्ताले उसको त्यो सूचनालाई बेवा्रस्ता गर्दै आएका थिए । विज्ञहरुका अनुसार पछिल्लो ४ वर्ष यता बनेका र निरन्तर अपडेट भैरहेका एपहरुमध्ये अधिकांस नयाँ अपरेटिङ सिस्टममा चल्नेछन् ।

बिबिसीबाट

विशेष