मनोरञ्जन

प्रधानमन्त्री मोदीको अघि छोटो पहिरन लगाएर आलोचित भएकी प्रियंकाको यस्तो जवाफ

प्रधानमन्त्री मोदीको अघि छोटो पहिरन लगाएर आलोचित भएकी प्रियंकाको यस्तो जवाफ

जेठ २६ । सामाजिक सञ्जालको प्रभाव आजभोली जताततै परेको देखिन्छ । मुख्य रुपमा सार्वजनिक छवि भएका व्यक्तिहरु सामाजिक सञ्जालकै कारण राम्रो तथा नराम्रो विवादमा मुछिन पुग्छन् । यतिबेला बलिउड अभिनेत्री प्रियंका चोपडा पनि सामाजिक सञ्जालमा आलोचित भएर विवादमा मुछिएकी छिन् ।

केही समयअघि आफ्नो पहिलो हलिउड डेब्यु ‘बेवाच’ को प्रचारमा बर्लिन पुगेकी प्रियंकाले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेकी थिइन् । देशका प्रधानमन्त्रीको सामु छोटो पहिरनमा देखिएकी प्रियंकाको फोटो आएपछि सामाजिक सञ्जालमा उनको चर्को आलोचना भएको थियो । यसबारे उनले आफूलाई सामाजिक सञ्जालमा बनाइने ‘ट्रोल’ले केही फरक नपार्ने बताएकी छिन् । तर, हसीँमजाकमा बनाइने उक्त ‘ट्रोल’ लाई अन्तराष्ट्रिय समाचार बनाएर प्रचार गरिरहन भने जरुरी नहुने उनले बताइन् ।

सामाजिक सञ्जालमा क्षणिक रुपमा मजाक उडाएर आलोचना गर्नेको संख्या भन्दा आफूलाई माया गर्नेको संख्या बढि भएकाले आफूलाई यस्ता कुराले केही फरक नपार्ने उनले बताइन् ।

priyanka meets modi

विशेष