मुख्य समाचार

प्रधानमन्त्री देउवासँग अमेरिकी राजदूत भेटवार्ता

प्रधानमन्त्री देउवासँग अमेरिकी राजदूत भेटवार्ता

जेठ २६ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपालका लागि संयुक्तराज्य अमेरिकाका राजदूत अलाइन टेप्लिजले भेटवार्ता गरेकी छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहीबार भएको भेटमा प्रधानमन्त्री देउवाले अमेरिकाले नेपाललाई विभिन्न क्षेत्रमा गर्दै आएको सहयोगको उच्च प्रशंसा गर्दै आगामी दिनमा सहयोगको निरन्तरता र थप वृद्धि हुँदै जाने विश्वास व्यक्त गरे ।

सो अवसरमा राजदूत टेप्लिजले नवनिर्वाचित प्रधानमन्त्री देउवालाई बधाइ दिँदै उनको कार्यकालको पूर्ण सफलताको शुभकामना व्यक्त गरेको प्रधानमन्त्री देउवाका सहयोगी भानु देउवाले जानकारी दिए ।

भेटमा राजदूत टेप्लिजले प्रधानमन्त्री देउवाको कार्यकालमा नेपाल र अमेरिकाबीचको सम्बन्ध थप प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरेकी थिइन् ।

विशेष