मुख्य समाचार

जेब्रा क्रसमै मारिन्छन् पैदल यात्रु, सुरक्षा खोइ ?

जेब्रा क्रसमै मारिन्छन् पैदल यात्रु, सुरक्षा खोइ ?

जेठ २६ । जेब्रा क्रसिङबाट बाटो काट्न लाग्दा गत सोमबार बसुन्धरामा बसको ठक्करबाट सुनसरीकी २३ वर्षीया रविना चौधरीको मृत्यु भयो ।

ना४ख ४२६२ नम्बरका चालक विनय तामाङले चलाएको गाडीले ठक्कर दिँदा चौधरीको घटनास्थलमै मृत्यु भएको थियो । त्यस्तै, वैशाख ११ गते पूर्वगृह सचिव पद्मराज सुवेदीको अनामनगरमा जेब्रा क्रसिङमै मोटरसाइकलको ठक्करले निधन भयो ।  

८० वर्षीय सुवेदी ‘मर्निङ वाक’ निस्केका थिए।  पछिल्लो समय महानगरीय ट्राफिक प्रहरीले जेब्रा क्रसिङ र आकाशे पुलबाट बाटो नकाट्ने बटुवालाई २ सय रुपैयाँ जरिवाना गर्नुका साथै ट्राफिक शिक्षा अभियान थालेको छ । ट्राफिकले पैदल यात्रीलाई ट्राफिक अनुशासन कायम गराउन यो अभियान चलाइएको दाबी गरेको छ ।

तर, पैदल यात्रीले जेब्रा क्रसिङमा बाटो काटदा होस् वा फुटपाथमा हिँडदा नै होस् सुरक्षित महसुस गर्न सकेका छैनन्। ‘पैदल यात्री जेब्राले क्रसिङमै बाटो काट्न थालेका छन्। तर चालक जेब्रा क्रसिङमा पनि गाडी रोक्दैनन्,’ बिहीबार थापाथलीस्थित जेब्रा क्रसिङमा भेटिएका सिन्धुपाल्चोकका सूर्य तामाङले भने, ‘पैदल यात्रीलाई पहिलो प्राथमिकता भन्ने अनि जेब्रा क्रसिङमा पनि नरोक्नेरु पैदल यात्रीको सुरक्षा खोइरु जेब्रा क्रसिङमा नरोक्ने चालकलाई कारबाही खोइ ?’ सार्वजनिक यातायातमा लामो अध्ययन र अनुसन्धान गरेका पुल्चोक इन्जिनियरिङका अतिथि प्राध्यापक सूर्यराज आचार्यले उपत्यकाको यातायात पूर्वाधार नै कमजोर भएको बताए । ‘नियम त बनाउँछन् तर पूर्वाधार पैदलमैत्री नै छैन,’ उनले भने, ‘जेब्रा क्रसिङ पैदल यात्री मात्र होइन, गाडीलाई खोइ जेब्रा क्रसिङमा ट्राफिक बत्ती खोइ ट्राफिक प्रहरी’ अन्तर्राष्ट्रिय प्रचलनअनुसार पैदल यात्रीले जेब्रा क्रसिङमा खुट्टा टेक्नेबित्तिकै गाडी रोकिनुपर्ने भन्दै उनले उपत्यका चालकले झन् कुदाउने गरेको बताए ।

‘जेब्रा क्रसिङबाट बाटो काट्न सिकाउन राम्रो हो, तर पैदल यात्रीका लागि पूर्वाधार खोइ तर’ यसले गर्दा पैदल यात्रीले फुटपाथ वा जेब्रा क्रसिङमा सुरक्षित महसुस गर्न नसकेको उनको भनाइ छ । उपत्यका ट्राफिक प्रहरी महाशाखाका डीआईजी मिङमार लामाले जेब्रा क्रसिङमा नरोक्ने चालकलाई सजाय नै निकै कम भएको बताए। सवारी तथा यातायात ऐनअनुसार जेब्रा क्रसिङमा नरोक्ने चालकलाई ५ सय रुपैयाँ जरिवाना गर्ने प्रावधान छ ।

‘जेब्रा क्रसिङमा अनुशासन उल्लंघन गर्ने चालकलाई दण्ड जरिवाना नै कम भयो,’ उनले भने, ‘५ हजार रुपैयाँ भए कसले रोक्दैनरु’ ऐन कानुनमै सुधार भए चालकलाई कारबाही गर्न सजिलो हुने उनले बताए। उपत्यकामा भएको सवारी दुर्घटनाको अनुपात केलाउँदा जेब्रा क्रसिङ होस् वा फुटपाथमा गाडीको ठक्करबाट मृत्यु हुने पैदल यात्रीको संख्या धेरै छ ।

कान्तिपुर 

विशेष