खेल

च्याम्पियन्स ट्रफीमा श्रीलंकाद्वारा भारतमाथि शानदार जीत

च्याम्पियन्स ट्रफीमा श्रीलंकाद्वारा भारतमाथि शानदार जीत


जेठ २६ । आइसीसी च्याम्पियन्स ट्रफीमा श्रीलंकाले भारतलाई ७ विकेटले पराजित गरेको छ ।

टस हारेर पहिले व्याटिङ गरेको भारतले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै ३ सय २१ रन बनाएको थियो । जसमा भारतका ओपनर व्याट्सम्यान शिखर धवनले १४ चौका र १ छक्काको मद्दतले १ सय २५ रन बनाए भने रोहित शर्माको नाममा ७९ रन रहयो त्यस्तै महेन्द्रसिंह धोनीले ६३ रन बनाए । श्रीलंकाका बलर लासिथ मालिंगाको नाममा २ विकेट रहयो ।

जवाफि व्याटिङ गरेको श्रीलंकाले ४८ दशमलव ४ बलमा ३ विकेट गुमाउंदै लक्ष्य भेट्टायो । श्रीलंकाका व्याट्म्यान कुशल म्यान्डीसले ८९ र धनुष्का गुनतिलकाकाले ७६ र एन्जेलो म्याथुले ५२ रनको योगदान गरे त्यस्तै कुशल परेराको नाममा ४७ रन रहयो एसेला गुणरत्नेले नटआउट ३४ रन बनाए । भारतीय बलर भुवनेश्वर कुमारको नाममा ए विकेट बाहेक श्रीलंकाली २ व्याट्सम्यान रनआउट भएका थिए ।

प्रतियोगिता अन्र्तगत आज न्यूजिल्याण्ड र बंगलादेश भिड्ने छन् ।

विशेष