मनोरञ्जन

एक पटकमा १५ हजार

एक पटकमा १५ हजार


कुनै पार्टी वा समारोहमा जाँदा बानेश्वरस्थित अनामिकामा गएर मेकअप, हेयर स्टाइल र नेल जेल गर्ने गर्छिन नायिका वेनिशा हमाल ।

वाक्स, थ्रेसिङलगायतका कामका लागि भने उनी घर नजिकैको पार्लरमा जाने गरेकी छन् । कम्तीमा पनि महिलाको दुई पटक पार्लर जाने उनको बानी छ । लगातार दुईवटा चलिचित्रमा काम गरेका कारण अनुहारमा भएका दाग र डन्डिफोरकाको उपचारका लागि उनी हिजोआज नक्सालस्थित स्किन क्लिनिकमा जाने गरेकी छन् । यसरी उनले यो सुविधा लिंदा २० देखि ३० प्रतिशत सम्म छुट पाउने गरेकी छन् ।

कार्यक्रममा जाँदा समय छ भने पार्लरमा मेकअप र हेयरस्टाइल गराउने गरेकी उनी जान नभ्याए घरमै मेकअप गर्छिन । सामान्यतया एक पटक पार्लर जाँदा करिक १० हजार देखि १५ हजारसम्म छुट्याउने गर्छिन उनी ।

अन्नपूर्ण

विशेष