मनोरञ्जन

‘भुईमान्छे’को गीतमा यसरी जम्यो रमेश र सिपोराको जोडी(भिडियो सहित)

‘भुईमान्छे’को गीतमा यसरी जम्यो रमेश र सिपोराको जोडी(भिडियो सहित)

असार २६ । यही आउँदो भदौ २ गते प्रदर्शन हुन लागेको फिल्म ‘भुईंमान्छे’ को पहिलो गीत सार्वजनिक भएको छ । रमेश बुढाथोकी र सिपोरा गुरुङ फिचरिङ रहेको उक्त रोमान्टिक गीतमा दुईबीचको मायालाई प्रस्तुत गरिएको छ ।

कविराज गहतराजको निर्देशनमा बनेको उक्त गीतलाई बिदुर पाण्डेले खिचेका हुन् । पोष्टमार्टम गर्ने मानिसको कथामा आधारित फिल्म ‘भुईंमान्छे’ शैली इन्टरटेन्मेन्ट एण्ड मुभिज प्राली र शैली थियटरको प्रस्तुती हो ।

पोष्टमार्टम गर्ने व्यक्तिलाई नेपाली समाजले हेर्ने नजर र उसकिो मनोविज्ञानलाई फिल्ममा उतार्न खोजिएको छ । रोहिणी भट्टराईको निर्माणमा बनेको उक्त फिल्ममा सिपोरा गुरुङ र रमेश बुढाथोकी वाहेक फिल्ममा सहिन प्रजापति, रोहिणी भट्टराई, बादल भट्ट, रामबाबु रेग्मी, शसांक बोहोरा, आर्यन न्यौपाने, नारायण न्यौपाने, सानु ताम्राकार आदिको अभिनय रहेको छ ।

विशेष