मनोरञ्जन

फिल्मले सोचेजस्तो व्यापार नगरेका कारण सलमानले वितरककर्तालाई ५५ करोड बुझाउने

फिल्मले सोचेजस्तो व्यापार नगरेका कारण सलमानले वितरककर्तालाई ५५ करोड बुझाउने

असार २६ । हरेक वर्षको इदमा सलमान खानको फिल्म दर्शकहरुको लागि प्रतिक्षित हुन्छ । यो वर्ष पनि त्यस्तै भयो । सलमानको बहुप्रतिक्षित फिल्म ‘ट्युबलाइट’ रिलिज भयो । फिल्म रिलिजअघि नै फिल्मले बक्स अफीसमा नयाँ रेकर्ड राख्छ भनेर अनुमान लगाइएको थियो ।

तर, अनुमान ठिक विपरित हुन पुग्यो । फिल्मले वितरककर्तालाई ठूलै धक्का दियो । आफ्नो सुरक्षाका लागि फिल्मले २ सय करोडको व्यापार गर्नुपर्ने थियो । तर, भइदियो १ सय ५० करोडको व्यापार ।

भारतीय सञ्चारमाध्यमले जनाएअनुसार, आफ्नो नोक्सानको भरपाईका लागि वितरककर्ता सलमानको घर नै पुगेका थिए । वितरककर्ताले फिल्मबाट ठूलै नोक्सान भएकाले त्यसको भरपाई सलमानले गर्नुपर्ने जनाएका छन् ।

त्यसको लागि सलमान वितरककर्तालाई ५५ करोड दिन तयार भएको भारतीय मिडियाले जनाएको छ ।

salman khan

विशेष