मुख्य समाचार

पाल्पामा तीनाउँ खोलाले जीप बगाउदा ४ जना वेपत्ता

पाल्पामा तीनाउँ खोलाले जीप बगाउदा ४ जना वेपत्ता

असार २६ । पाल्पामा खोलाले जीप बगाउदा ४ जना बेपता भएका छन् । पाल्पाको माथागढी –३ सराई स्थित तीनाउखोलाले विहेको भोज खाएर फार्कदै गरेको लु १ ज १२१७ नम्बरको जीपलाई बगाउदा ४ जना बेपत्ता भएका हुन् ।

लगातार बषार्कका कारण तीनाउँखोलामा आएको बाढीले राति १२ तिर सराईमा जीप बगाउँदा तानसेन– १ की २९ बर्षी उसा श्रेष्ठ, माथागढी १ का अन्दाजी ४० वर्षीय तिलवीर गाहा, उनकी श्रीमती माया गाहा, ४० वर्षीय पदम बहादुर कवर मगर बेपत्ता भएको पाल्पा स्थित प्रहरी चौकी प्रभासले जनाएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासिन्दाको सहयोगमा बेपत्ता हुनेको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । अत्याधिक वर्षाको कारणले पानीको सतह बढेको हुनाले खोजी कार्यमा समस्या परेको प्रहरीले जनाएको छ ।

विशेष