मनोरञ्जन

आफ्नै फिल्म हेर्दैनन् यी बलिउड अभिनेता

आफ्नै फिल्म हेर्दैनन् यी बलिउड अभिनेता

असार २७ । संसारमा धेरै सफल व्यक्तिहरुले सर्वप्रथम अरुले भन्दा पनि आफूले आफूलाई विश्वास गर्ने गर्छन् । आफूले गरेका कामलाई दोहोराएर हेर्ने पनि गर्छन् । तर, बलिउडमा अब्बल मानिने कलाकार नवाजुद्दीन सिद्धिकी भने आफ्नो फिल्म आफैँले हेर्न मनपराउँदैनन् ।

एकपटक फिल्म हलहरुमा प्रदर्शन भइसकेपछि उनी आफ्नो फिल्म फर्केर पनि हेर्ने गर्दैनन् । त्यो कुनै घमण्डले नभएर आफ्नो फिल्म घरी घरी हेर्दा गल्ती देखिने जसले गर्दा आफूलाई झन्झट हुनाले आफूले आफ्नो फिल्म नहेर्ने उनको भनाई छ ।

यही कुरालाई केन्द्रित गर्दै उनले भने, ‘यदि हामी कोही कलाकारसँग बस्यौँ भने उनीहरु आफूले वर्षौ पहिला गरेका कामबारे कुरा गर्न थाल्छन् । तर, मलाई आफ्नो बारेमा बोल्नु त्यति रमाइलो लाग्दैन । सकेसम्म मेरो कामको बारेमा अरुले नै बोलिदिउन् भन्न चाहन्छु ।’

विशेष