मनोरञ्जन

अनमोलका साथीलाई स्कुलमै गएर थर्काइन् आमा सुस्मिताले

अनमोलका साथीलाई स्कुलमै गएर थर्काइन् आमा सुस्मिताले

असार २७ । नेपाली सिने नगरीमा नायक अनमोल केसीको चर्चा सुरुवाती दिनदेखि सेलाउन पाएको छैन । उनका बारेमा जान्न बुझ्न दर्शकको पनि निकै कौतूहुलता हुन्छ । यसैबचि उनकी आमा तथा अभिनेत्री सुस्मिता केसीले अनमोलसँग जोडिएका रमाइला किस्साहरु मिडिायासँग साटेकी छिन् ।

एक अन्तर्वार्तामा बोल्दै सुस्मिताले अनमोल स्कुल पढ्ने बेलामा उनका कतिपय केटी साथहिरुलाई स्कुलमै गएर थर्काएको बताइन् । अहिले पनि चकलेटि नायक भनेर चिनिने अनमोल केसी स्कुले जीवनमा पनि उत्तिकै ह्याण्सम थिए । केटीहरुको खुब फोन म्यासेज आउने गथ्र्यो । एकदिन संयोगले सुस्मिताले फोन हेर्न पुगेपछि सबै म्यासेज पढिन् ।

त्यसपछि उनी स्कुल नै गएर ती केटीहरुलाई थर्काएको कुरा एक अन्तर्वार्तामा बताएकी हुन् । अहिले ती केटीहरु पनि हिरोइन भइसकेको उनले बताइन् । अनमोलका प्रेमीकाकोबारेमा कुरा गर्दै सुस्मिताले अनमोलका दुईजना गर्लफे्रण्डलाई घरमै ल्याएर खाना बनाएर खुवाएको पनि बताइन् सुस्मिताले । अरु केटाकेटीजस्तै गर्लफे्रण्डसँग ब्रेक अप हुँदा आमासँग रुने गर्छन् अनमोल ।

विशेष