मनोरञ्जन

पूजालाई सुस्मिताको चेतावनी, ‘हिजोको चल्ला भएर चु-चु गरेको राम्रो हुन्न’

पूजालाई सुस्मिताको चेतावनी, ‘हिजोको चल्ला भएर चु-चु गरेको राम्रो हुन्न’

असार २७ । अभिनेत्री सुस्मिता केसीले नायिका पूजा शर्मालाई फेसबुकमार्फत गतिलो झाप्पड हानेकी छिन् । केही समयअघि एक अन्तर्वार्तामा नायिका पूजा शर्माको ‘अनमोल केसी र भुवन केसी भाग्यले चलेका हुन्’ भन्ने समाचार छापिएपछि यसको यसको आक्रोश सुस्मिताले सामाजिक सञ्जाल फेसबुकमार्फत पोखेकी हुन् ।

सुस्मिताले पूजालाई फेसबुकको पोस्टबाटै हिजो आएको चल्ला भएर धेरै चु चु गरेको राम्रो नहुने चेतावनी दिएकी छिन् । बोल्नु भन्दा अघि सधै राम्ररी सोचविचार गरेर बोल्नु भन्दै उनले पूजालाई आफूभन्दा अग्रज कलाकारको सम्मान गर्न सिक्न पनि सुझाएकी छिन् ।

भुवनले ‘सम्झना’ र ‘कुसुमे रुमाल’ जस्ता सुपरहिट फिल्म दिएको समयमा पूजाको जन्म पनि नभएको भन्दै ४० वर्ष काम गरेका भुवन के भाग्यले मात्र चलेका हुन् ? भन्ने प्रश्न पूजातर्फ तेस्र्याइन् । यसका साथै उनले पूजालाई अरुलाई आदर गर्नु नै सफल हुने मन्त्र भएको भन्दै धेरै नउम्लिन सुझाएकी छिन् ।

यस्तैगरि अभिनेत्री सुस्मिता केसीले फेसबुकमा आफ्नो आक्रोश पोखे पछि उता पूजाले पनि आफ्नो फेसबुकमा स्टेटस लेखेकी छिन्, ‘मनमा शान्ति भयो भने केही कुराले पनि डिस्टर्ब गर्न सक्दैन । कहिलेकाहीँ नबुझीकन कसैको आरोप सहनुपर्छ । उदाहरको लागि समाचारको हेडलाइन् नै त्यस्तै छ । पूरा पढेर मात्र प्रतिक्रिया दिनुहोला । मलाई कसैप्रति रिस र नराम्रो भावना छैन । सबैलाई उत्तिकै माया र सम्मान गर्छु ।’

 

विशेष