देश

मानसिक सन्तुलन गुमाएकी एक महिला जाजरकोटमा अलपत्र

दीपबहादुर घर्ती

मानसिक सन्तुलन गुमाएकी एक महिला जाजरकोटमा अलपत्र

असार - २७ । मानसिक सन्तुलन गुमाएकी एक महिला जाजरकोटमा अलपत्र परेकि छन् । स्वास्थ्य उपचार, खाना, बस्न र सुरक्षा लगाएतका समस्या समाधान नभएर उक्त महिला अलपत्र परेकि हुन् ।

अलपत्र अबस्थामा रहेकी उक्त महिलाको कम्मर र घुडामा समस्या आएर हिड्डुल गर्न सक्ने अबस्थामा नरहेको महिला विकास अधिकृत पंकजा जोसीले जानकारी दिईन । उनलाई दिसा पिसाव गराउन पनि ह्वील चेरमा राखेर शौचालयमा लैजानु पर्ने अबस्था रहेको अधिकृत जोसीको भनाई रहेको छ ।

नेपाली भाषा बोल्न नसक्ने उक्त महिलाले हिन्दीमा आफ्नो नाम बिन्दा पण्डित भएको वताई रहेकि छन् । ५५ बर्षको उम्मेर वताउने ति महिलाले आफ्नो घर भारतको लखिमपुर भएको वताई रहेकि छन् । भारतको लखिमपुरवाट यि महिला नेपाल कसरी आईपुगेकी हुन भन्नेवारेमा कसैलाई पनि केहि जानकारी छैन् ।

सन्तुलन गुमाई सकेकि ति महिला जाजरकोटको त्रिवेणी नलगाड नगरपालीका दल्लीमा सिरिएस विरामी अबस्थामा स्थानिय महिलाहरुले फेला पारेर ईलाका प्रहरी कार्यालय दल्लीलाई बुझाएको महिला तथा बालबालिका कार्यालय, जाजरकोटले जनाएको छ । दल्ली ईलाका प्रहरी कार्यालयले यही असार २१ गते उपचारका लागि जिल्ला अस्पताल जाजरकोटमा ल्याई पुर्याएको जाजरकोट अस्पतालले जनाएको छ ।

जिल्ला अस्पतालमा उनको सम्पुर्ण शारिरिक उपचार भैसकेको तर, जाजरकोट जिल्ला अस्पतालमा मानसिक उपचार हुन नसक्ने भएको हुदा मानसिक उपचारका लागि अन्तै लैजानु पर्ने डा. भुपेन्द्र मल्लले वताए । नेपाली भाषा नै बोल्न र बुझ्न नसक्ने ति महिलाको शारिरिक समस्या पनि के हो भन्ने विषयमा बुझ्न आफुहरुलाई निकै कठिन भएको डा. मल्लको भनाई रहेको छ ।

गत सुक्रवार बसेको लैङ्गिक हिंसा न्युनिकरण समन्वय समितिको बैठकले उक्त महिलालाई माईती नेपालमा बुझाउने निर्णय गरेको महिला विकास अधिकृत जोसीले जानकारी दिईन् । तर, मानसिक सन्तुलन घुमाई सकेकी महिला भएको हुदा माईती नेपालले पनि बुझ्न नमानेको अधिकृत जोसीको भनाई रहेको छ ।

अलपत्र अबस्थामा परेकि ति महिलाको स्वास्थ्य उपचार, खाना बस्न र सुरक्षाको ब्यबस्थापन कसरी गर्ने भन्ने बिषयमा महिला तथा बालबालिका कार्यालयलाई निकै गाह्रो भएको महिला विकास अधिकृत जोसीले वताईन् । लैङ्गिक हिंसा न्युनिकरणका क्षेत्रमा काम गर्ने सरकारी तथा गैर सरकारी निकायले यि महिलाको स्वास्थ्य उपचार तथा खाना, बस्न र सुरक्षाको ब्यबस्था कसरी गर्छन भन्ने बिषयमा सर्बसाधारणले ध्यान दिई रहेका छन् ।

विशेष