देश

अज्ञात समूहद्वारा दिउँसै ट्रकमा आगजनी

अज्ञात समूहद्वारा दिउँसै ट्रकमा आगजनी

 

असार - २७ । सदरमुकाम जुम्ला खलंगामा मंगलबार अज्ञात समूहद्वारा दिउँसै मिनीट्रकमा आगजनी गरिएको छ । 

ना२ख ४६०२ नं को मिनीट्रक्रमा आगजनी गराइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार ट्रकमा बिहान पेट्रोल छर्केर चालक बस्ने क्याबिन जलाइएको थियो । 

नचिनेका मान्छेले आगो लगाएको थाहा पाएपछि स्थानीयवासीको सहायतामा आगो निभाइएपछि प्रहरी त्यहाँ पुगेको थियो । अहिले प्रहरीले सुरक्षा दिइरहेको प्रहरी नायब उपरीक्षक गुरुविष्णु काफ्लेले जनाउ। मंगलबार नेपाल बन्दका क्रममा जुम्ला पनि बन्द भएकाले आगजनी विप्लवका कार्यकर्ताले गरेको हुन सक्ने प्रहरीको अनुमान छ । 

नेपाल कम्युनिस्ट पार्टी (विप्लव)का जुम्ला सेक्रेटरी विर्षबहादुर शाहीले आगजनीमा आफ्नो संलग्नता नरहेको बताएका छन् । यता प्रहरीले भने घटनामा संलग्नहरुको खोजी भइरहेको जनाएको छ । 

बन्दले आज जुम्लामा लामो तथा छोटो दूरीका यातायात ठप्प छ । यसको प्रभाव अधिकतम रुपमा माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेका छात्रछात्रालाई परेको छ भने सरकारी तथा गैरसरकारी कार्यालय तथा शिक्षण संस्थामा पनि बन्दको असर परेको छ ।

विशेष