मनोरञ्जन

वितरकलाई पैसा फिर्ता गर्न राजी भए सलमान

वितरकलाई पैसा फिर्ता गर्न राजी भए सलमान

असार २७ । केही दिनअघि इदमा रिलिज भएको सलमान खान अभिनित फिल्म ‘ट्युबलाइट’ ले बक्स अफीसमा कमालको व्यापार गर्न सकेन । त्यसकारण यतिबेला फिल्म वितरकलाई ठूलै नोक्सान पुगीरहेको छ । भारतीय मिडियाले जनाएअनुसार यतिबेला वितरक सलमानको ग्यालेक्सी अपार्टमेन्टमा लाइन लाग्न थालेका छन् ।

ग्यालेक्सी अपार्टमेन्ट पुगेका एक वितरकलाई सलमानका बाबु सलीम खानले वितरकको पैसा फिर्ता दिने फैसला गरेका छन् । एक अन्तर्वार्तामा सलीमलाई ‘ट्युबलाइट’ को बारेमा प्रश्न गर्दा उनले फिल्म अहिले पनि चलिरहेको र पैसा आइरहेको बताउँदै जब फिल्म पूर्ण रुपमा चल्न बन्द हुन्छ ,तब वितरकलाई कति नोक्सान पुग्यो त्यसको हिसाब गरेर पैसा दिइने बताएका थिए ।

रिपोर्टअनुसार, सलमानको कुल नोक्सानको ३० देखि ३५ प्रतिशत दिन दुबैजना राजी भएका छन् । यो हिसाबले सलमानले वितरकलाई जम्मा ५० देखि ५५ करोड रुपैँया फिर्ता दिनेछन् । जब की उनको नोक्सान ७५ करोड रुपैयाँको भएको बताइएको छ । २३ जुनमा रिलिज भएको फिल्म ‘ट्युबलाइट’ ले बक्स अफीसमा अहिलेसम्म ११४.५० करोड रुपैयाँको व्यापार गरेको छ ।

विशेष