खेल

मैत्रीपूर्ण फुटबलः नेपालले बङ्गलादेशलाई हरायो

मैत्रीपूर्ण फुटबलः नेपालले बङ्गलादेशलाई हरायो

 

असार - २७ । तेइस वर्षमुनि (यु–२३) को मैत्रीपूर्ण फुटबल खेलमा नेपालले बङ्गलादेशलाई पराजित गरेको छ । 

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) खेल मैदानमा सोमबार भएको खेलमा नेपालले बङ्गलादेशको तेइस वर्षमुनिको टोलीलाई शुन्यका विरुद्ध एक गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । 

नेपालको जितमा विमल घर्तीमगर नायक बने । उनले खेलको पहिलो हाफको १९ औँ मिनेटमा अन्जन विष्टले दिएको पासलाई सदुपयोग गर्दै गोल गरेका हुन् । 

संयुक्त अरब इमिरेट्स (युएइ) मा आगामी शनिबारदेखि हुने एएफसी २३ वर्षमुनि (यु–२३) च्याम्पियनसीप छनोट प्रतियोगिताको तयारीमा रहेको नेपालले बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेलको हो ।

विशेष